IME Life

तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन वटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ५ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर विक्री गर्न लागेको हो । उक्त संस्थापक शेयर भदौ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

Prabhu
Crest

नागरिक लगानी कोषको न्यूनतम मूल्य १ हजार २९४, आरएमडीसी लघुवित्तको प्रतिकित्ता ५४१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५२९ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता तथा नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले यसअघि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको उक्त शेयर पुनः लिलामीमा विक्री खुला गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS