IME Life

नेप्से परिसुचक १०८ अंकले घटेर २,८१८ को विन्दुमा, कारोबार रकम ११ अर्ब २४ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०८ अंकले घटेर २,८१८ दशमलव ७३ को विन्दुमा कायम भएको थियो । आज ६ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज नेप्से सूचक ५ प्रतिशतले तल झरेपछि ४० मिनेटका लागि सस्पेण्ढेड गरिएको थियो । नेप्सेले एक बजेदेखि एक बजेर ४० मिनेटसम्मका लागि बजार बन्द गरेको हो ।

Prabhu
Crest

आज २२३ वटा कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टीलरीको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयााको शेयर कारोबार भएको छ । नविल बैंकको २४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानकिर्ताले ४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

आज १० कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत, वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS