IME Life
Beema Board

सिनर्जी पावरको साधारण सभा सम्पन्न, प्रस्तावित हकप्रद र लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।

Prabhu
Crest

सभामा कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यसै गरी सभाले सञ्चालक समितिको प्रति बैठक भत्ता अध्यक्षको १० हजार रुपैयाँ र सदस्यको ८ हजार रुपैयाँको प्रस्ताव समेत पारित गरेको छ । साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS