IME Life
Beema Board

बुलिस ट्रेण्डको फाइदा उठाउदै १६ म्युचुअल फण्डले दिए ४ अर्ब ४२ करोड लाभांश, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका १६ म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४ अर्ब ४२ करोड रुपैयाँ मुनाफा वितरण गरेका छन् । शेयर बजारमा आएको तिव्र उछालको फाइदा उठाउदै फण्डहरुले यस वर्ष आकर्षक लाभांश  वितरण गरेका छन् ।

लाभांश घोषणा गरेका १६ म्युचुअल फण्डको औषत लाभांस ३१ प्रतिशत रहेको छ । लाभांस घोषणा गरेका फण्डको आकार १४ अर्ब २४ करोडको रहेको छ । फण्डहरुले इकाईधनीहरुलाई यसै वर्ष ३१ प्रतिशत फिर्ता दिन सफल भएका हुन् । केहि फण्डले इकाईधनीलाई उक्त लाभांस वितरण  गरिसकेका छन् भने केहि प्रकृयाँमा छन् ।

Prabhu
Crest

दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा छिटो लाभांश दिनेमा म्युचुअल फण्ड पहिलो भएका हुन् । औषतमा अन्य कम्पनीको भन्दा फण्डहरुले यस वर्ष राम्रो लाभांश दिने देखिएको छ । बैंक वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले लाभांश  वितरणमा कडाइ गरेको छ । उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरु पनि कोभिड १९ का कारण धेरै लाभांश  दिन सक्ने अवस्थामा छैनन् । तर कोरोना महामारीमा मौलाएको शेयर बजारबाट उचित लाभ लिदै म्युचुअल फण्डले यस वर्ष आकर्षक लाभांश दिन सफल भएका हुन् ।

हाल नेपालमा २६ वटा म्युचुअल फण्ड सञ्चालमा छन् । केहि आउने प्रकृयाँमा छन् । गएका वर्षमा स्थापना भएका फण्डहरुले भने यस पटकको बुलबाट राम्रो मुनाफा आर्जन गरेका छन् । नेपालको शेयर बजार सुधार हुँदा सबै कम्पनीमा सुधार हुने र घट्दा लगभग सबै कम्पनीमा गिरावट हुने प्रवृत्तीका कारण बुलिस ट्रेण्डमा फण्डहरुले राम्रो लाभ लिन सके पनि बियरिस ट्रेण्डमा भने न्याभ भ्यालु नै ऋणात्मक हुने गरेका छन् । अघिल्लो तीन वर्षको म्युचुअल फण्डको इतिहास हेर्यो भने सम्पुर्ण फण्डको न्याभ रिपोर्ट नै ऋणात्मक देखिएको थियो ।

यस वर्ष भने अधिमाम्स फण्डहरुले राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । यसै क्रममा कतिपयले राम्रो लाभांस पनि दिन सफल भएका हुन् । लाभांश ५० प्रतिशत दिदा पनि अन्य शेयर जस्तो फण्डमा तिव्र उतारचढाव हुँदैन । यसले गर्दा लगानीकर्ताका लागि म्युचुअल फण्ड सुरक्षित लगानीको रुपमा रहेको पाइन्छ ।

यस वर्ष सबैभन्दा धेरै एनआईविएल प्रगति फण्ड, एनआईविएल सहभागिता फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांस दिएका छन् । त्यस्तै सिटिजन म्युचुअल फण्ड एक र दुईले ४०/४० प्रतिशत लाभांस दिएका छन् । लक्ष्मी इक्वीटी फण्ड र एनआइविएल समृद्धि फण्डले ३५/३५ प्रतिशत लाभांस दिएका छन् । एनआईसी एशिया व्यालेन्स, एनआईसी एशिया ग्रोथ, सिद्धार्थ इक्वीटी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, एनएमबी ५० ले ३० प्रतिशत लाभांश  दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS