IME Life

मर्जरको हल्ला चलाएको भन्दै सगरमाथा र हिमालयन इन्स्योरेन्स प्रति बीमा समितिको ध्यानाकर्षण

SPIL
NIC ASIA

काठमाडौं । संस्थागत सुशासन विपरित मर्जरको हल्ला चलाएको भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले स्पष्टिकरण सोध्ने भएको छ । सञ्चार माध्यममा दुई बीमा कम्पनीहरुले स्वाप रेसियो समेत सार्वजनिक गरे पछि दुबै कम्पनीका सञ्चालकहरुलाई बीमा समितिमा बोलाएर स्पष्टिकरण माग्न लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

दुबैले गएको वार्षिक साधारणसभाबाट मर्जरका लागि आवश्यक प्रकृयाँ अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पारित गरेका छन् । यसैलाई आधार मानेर सञ्चार माध्यमले हल्ला चलाउदै आएका थिए । तर पछिल्लो समय कम्पनीका सञ्चालकहरुले नै मर्जरका लागि स्वाप रेसियोमै छलफल भएको विषय बाहिरिए पछि बीमा समितिले उनिहरुलाई बोलाएको हो ।

Prabhu
Crest

मर्जर जस्तो संवेदनशिल विषयलाई बाहिर चर्चामा ल्याएर सुशासन विपरितको काम भइरहेको समितिको ठहर छ । बजार बढिरहेको अवस्थामा मूल्य बढाउन कहिले हकप्रद त कहिले मर्जरका अनावश्यक हल्ला चलाउने काम भइरहेको छ । यस्तो काम नगर्न समितिले कम्पनीहरुलाई अनुरोध गरेको छ ।

मर्जर नै गर्ने हो भने पनि प्रचलित ऐन नियम कानुन अनुसार अगाडि बढ्नु पर्छ । मर्जरको विषयमा छलफल भइरहेको भए पनि गोप्य रुपमा अगाडि बढाउन समितिले अनुरोध गरेको छ । सुरुमा मर्जरको हल्ला चलाउने तर केहि समय पछि उक्त हल्ला आफै सेलाउने प्रवृत्तीका कारण यसमा चनाखो हुन समेत कम्पनीहरुलाई समितिले सचेत गराउने भएको छ । दुबै कम्पनीका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्दा मर्जरका विषयमा केहि पनि छलफल नभएको बताउने गरेका छन् । तर बजारमा स्वाप रेसियोको समेत चर्चा भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS