IME Life

पहिलो दिनमा तेह्रथुम हाइड्रोपावरको आईपीओमा ९.९९ गुणा बढीको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । तेह्रथुम हाइड्रोपावर कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा धेरै ९.९९ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बुधवार साँझ ५ बजेसम्म ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले यसअघि नै जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरीसकेको छ । अब सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको उक्त आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिँदा ठिक देखिन्छ ।कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो ।

सर्वसाधारणले विक्री प्रबन्धकका साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS