IME Life

निर्जीवन बीमा कम्पनीको ‘ट्यारिफ’ दर बढाउन माग, सित्तैमा बीमा हुन थाले पछि समितिको हस्तक्षेप खोज्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरु सँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा पुनर्बीमा विभागका प्रमुखहरुले नेपालमा २०५० सालदेखि बीमाको दर एउटै हुँदा काम गर्न गाह्रो परिरहेको भन्दै गुनासो गरेका छन् ।

दशकौदेखि एउटै रेटमा बीमा गर्दा राम्रो पुनर्बीमा कम्पनीहरु सँग पुनर्बीमा गराउन समस्या भएको भन्दै उनिहरुले ट्यारिफ परिमार्जन गर्न माग राखेका हुन् । बीमा समितिले २०६५ सालमा ट्यारिफ दर निर्धारण गरदिएको थियो । त्यसलाई पनि २०७५ सालमा परिमार्जन गर्दै कतिपय दरलाई घटाइदिएको थियो ।

Prabhu
Crest

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशलाल कर्णले पुनर्बीमाका सम्बन्धमा देखिएका समस्या र तिनका समाधानका उपाय पनि सुझाउन अनुरोध गरेका थिए । उनले भोलिका दिनमा बन्ने पुनर्बीमा सम्बन्धी नीति, नियम, निर्देशिकामा परिमार्जन तथा थप व्यवस्था गर्न सजिलो हुने जनाएका थिए । बीमा समितले नियामकको रुपमा मात्रै भुमिका निर्वाह गर्ने भएकाले फिल्डमा के कस्तो समस्या रहेको छ त्यसको जानकारी समितिलाई गराउन लालले अनुरोध गरेका हुन्।

पछिल्लो समय राम्रा राम्रा पुनर्बीमा कम्पनीले नेपाल छाडिरहेकोले यसको प्रमुख कारण के के हुन् त्यसको वारेमा जानकारी गराउन समितिले अनुरोध गरेको हो । समितिको अनुरोध पछि सहभागिले विदेशी पुनर्बीमा कम्पनी बाहिरिनुको प्रमुख कारण नेपाली बीमा कम्पनीले राम्रो पुनर्बीमा कम्पनीको दररेट अनुसार काम गर्न नसकेर यस्तो अवस्था शिर्जना भएको जानकारी गराएका छन् ।

बीमा समितिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार सम्पुर्ण निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरु सँग यस्तो छलफल आयोजना गरेको हो । निर्जीवन बीमा कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धाका कारण ‘नन ट्यारिफ’ का बीमा निशुल्क हुन थालेको भन्दै समितिको रचनात्मक हस्तक्षेपको माग गरेका छन् ।

सहभागिले नन ट्यारिफलाई ट्यारिफ लगाउनु पर्यो भन्दै माग गरेका हुन् । अहिले कतिपय बीमाको दर कम्पनी आफैलाई निर्धारण गर्न छुट दिइएको छ । बजारमा २० वटा निर्जीवन बीमा कम्पनीहरु छन् । एउटाको व्यवसाय अर्कोले खोस्ने क्रममा नन ट्यारिफका विजनेसहरु पुनर्बीमा पनि गर्न नपुग्ने शुल्कमा बीमा भैइरहेको छ । त्यसैले गर्दा यसका लागि स्ट्याण्डर्ड दर निर्धारण गरिदिन कम्पनीहरुले माग राखेका हुन् ।

अर्को तर्फ अहिले भैइरहेको ट्यारिफको दरलाई पनि समय सापेक्ष रुपमा परिमार्जन गर्दै बढाउन माग गरेका हुन् । अहिले मोटर बीमा, कृषि बीमा लगायतमा समितिले ट्यारिफ तोकिदिएको छ । यसको पनि दर बढाउन उनिहरुले माग राखेका हुन् ।

सिमेन्ट पनि दुई रुपैयाँ अनि सामान्य झुपडीको बीमा गर्दा पनि दुई रुपैयाँमै गर्दा स्वभाविक भएन भन्दै उनिहरुले यसका लागि थप वर्गिकरण गर्दै दरमा परिमार्जनका लागि माग राखेका छन् । सम्पत्ती बीमाको लागि पनि उनिहरुले समितिलाई केहि परिमार्जनका लागि अनुरोध गरेका हुन् ।

सहभागिले ट्रिटी भन्दा बाहिरिको फ्याकल्टेटिभ बीमा गर्दा पनि केहि असहजता देखिएको भन्दै त्यसलाई थप व्यवस्थित गरिदिनु पर्यो भन्दै माग गरेका छन् । बीमा कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण तथा रोकथामका लागि समितिले हस्तक्षेपकारी भुमिका खेलिदिनु पर्यो भन्दै अनुरोध गरेका छन् ।

उनिहरुको सुझावलाई संवोधन गर्दै बीमा समितिका निर्देशन शुसिलदेव सुवेदीले समितिले कम्पनीहरुलाई प्रचलित नियम कानुनको परिधिभित्र रहेर व्यवसाय गर्न अनुरोध गरेका छन् । बीमा समितिले जवाफमा नन ट्यारिफ व्यवसायमा समितिले खुला छाडिदिदा त तपाईहरुले सक्नु भएको छैन भने भोलिका दिनमा समितिले तोकिदियो भने मान्नु हुन्छ भन्दै प्रश्न गरेको थियो ।

निर्जीवन बीमा कम्पनीहरु धेरै हुँदा व्यवसाय देखाउन कतिपय कम्पनीहरुले उधारोमा पोलिसी बिक्री गर्नेदेखि लिएर नक्कली बीमा गरेका धेरै उदारहण छन् । बीमा समिति तथा सरकारले अनिवार्य गरिदिएका व्यवसाय भन्दा बाहिर जान नसकेका कम्पनीहरुले थप सुरक्षित क्षेत्रको माग गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS