IME Life
Beema Board

लाभांश पारित र हकप्रद निष्काशनको प्रस्ताव सहित अरुण काबेलीले डाक्यो साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । अरुण काबेली पावरले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्नेछ ।

सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै १७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, १७ प्रतिशत बोनश पश्चात कायम चुक्ता पूँजीको आधारमा कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । हाल कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोज भन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS