IME Life
Beema Board

राधी विद्युतले हकप्रद शेयर निष्काशन गर्ने, तोक्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशन गर्ने जनाएको छ । कम्पनीले शेयरधनीहरूलाई ३६.५ प्रतिशत बोनश शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात् १ः१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

उक्त हकप्रद प्रस्ताव कम्पनीको असार २९ गते, मंगलबार सम्पन्न भएको पन्ध्रौँ वार्षिक साधारण सभाले पारित गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर त्यहाँबाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS