IME Life
Beema Board

नेप्से परिसूचक सामान्य अंकले बढ्दा १४ अर्ब ३० करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA

कााठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३,१०८ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भउको छ । कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ४५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुपको ४९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआइसी एशिया ८३ ८४ का इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका इकाईधनीले ७ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाउका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS