IME Life
Beema Board

उन्नति सहकार्य लघुवित्तले कमायो साढे ९ करोड नाफा, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २ दशमलव ९ गुणा बढी हो । अघिल्लो आथिृक वर्षमा ३ करोड २४ लाख ३४ हजार खुद नाफा आर्जन गरेको संस्थाले गत आर्थिक वर्षमा ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशतले बृद्धि भएको छ भने सञ्चालन नाफा २०० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ करोड ३९ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २० करोड ६१ लाख सापटि लिएर ९१ करोड ६४ लाख १७ हजार निक्षेप संकलन गरी २ अर्ब ९६ करोड ४९ लाख ८० हजार कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ९२ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४१ दशमलव ६२ गुणा र प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS