IME Life

मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समय थपिएको छ । आईपीओमा १२ बजेदेखि १ः३० बजेसम्म आवेदन दिन सकिने भएको हो । हिजो सिस्टममा प्राविधिक समस्या देखिएको कारण कम्पनीको आइपीओ आवेदन दिने समय थपिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

Prabhu
Crest

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यप्तिअल बिक्रि प्रबन्धक रहेको छ ।

हालसम्म ३५ गुणा बढीको आवेदन परेको छ  । कम्पनीको आईपिओमा आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको छ। यो माग भन्दा ३५.२८ गुणा बढी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS