IME Life

नेप्से परिसूचक ५४ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब २३ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३,०५८ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम र म्युचुअल फण्ड उपसूचक घटेका छन् । आज ४० वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १३६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।

आज दिनभरिमा २२३ वटा कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ४९ करोड ७६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

ग्लोबल आइएमर्य बैंकको ४९ करोड ४४ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ३४ करोड ७८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, नाङदी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राद्यी विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाईधनीले गुमाएका छन् । कोषका इकाईधनीले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् । कुमारी इक्विटी फण्डका इकाईधनीले ३ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS