IME Life

निर्धन उत्थान लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले उक्त बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश समेत दिएको छ । कम्पनीले फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको जानकारी दिंदै त्यसपश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि हितग्राही खातामै शेयर जम्मा गरिने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर सुरक्षित गर्न अनुरोध गरेको छ ।

कम्पनीको शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रहेको रोक्का जनाई हितग्राही खातामा जम्मा हुने हुँदा राफसाफ भइसकेको भए धितो बन्धक फुकुवा गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS