IME Life

आँधिखोला लघुवित्तको साधारण सभा असार ३१ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले होटल गाँउवेशीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ः३० बजे सभा गर्ने जनाएको छ ।

Prabhu
Crest

सभामा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, यस कम्पनी र अन्य कुनै एक वा एकभन्दा बाढी उपयुक्त लघुवित्त एक आपसमा गाभ्नेर गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । त्यसकारणअसार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS