IME Life
Beema Board

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको हो । अब उक्त ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन बिक्री खुल्ला गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।

Prabhu
Crest

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्न् । बैंकको उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS