IME Life
Beema Board

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले असार ६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ७५ करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको हो । उक्त ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म रहेकोमा ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि ढिलो अवधि असार २० गतेसम्म बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख कित्ता ९मध्ये ५५ इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत सर्वसाधारणका लागि बिक्री गरिने छ ।

Prabhu
Crest

बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर रहनेछ । बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्नेछ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS