IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९५ ब्याजदर रहनेछ । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

Prabhu
Crest

कुल निष्काशनमध्ये ४ लाख ५० हजार इकाई बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख इकाई ९मध्ये ५५ इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत० सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त ऋणपत्रमा असर ६ गतेदेखि छिटोमा असार ९ गते र असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् भने मेरो शेयर सफ्टवेयरमार्फत पनि अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS