IME Life

जीवन बीमा व्यवसायको एकाउन्न प्रतिशत हिस्सा तीनवटा कम्पनीको हातमा

SPIL
NIC ASIA

काठमाण्डौं  । संचालनमा रहेका उन्नाईस वटा कम्पनीमध्ये जीवन बीमा व्यवसायको एकाउन्न प्रतिशत हिस्सा तीनवटा कम्पनीमा सीमित रहेको छ । बीमा समितिले जारी गरेको चालू आर्थिक वर्षको बैशाखमसान्तसम्मको तथ्यांक अनुसार कूल ९८ अर्ब ८९ करोड रुपैयाँ बिमाशुल्कमध्ये तीनवटा पुराना कम्पनीले एकाउन्न प्रतिशत हिस्सा ओगटेका छन् ।

बीमा समितिका अनुसार नेपाल लाईफ इन्स्योरेन्स,एलआइसी नेपाल र नेशनल लाईफ इस्योरेन्सको कूल बीमा शुल्क आर्जन ५० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यो रकम भनेको चालू आर्थिक वर्षको पहिलो दश महिनाको आर्जनको ५१.२ प्रतिशत हो । समितिका अनुसार नेपाल लाईफले २७ दशमलव १४ प्रतिशत हिस्सा ओगट्दै २६ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

नेपाल लाईफ  भन्दा जेठो कम्पनी एलआइसी नेपालले १४ अर्ब २८ करोड आर्जन गरेको छ । यो रकम जीवन बीमा कम्पनीहरुको कूल बीमाशुल्क आर्जनको १४.४४ प्रतिशत हो । यसैगरी अर्को पुरानो कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले कूल बीमाशुल्क आर्जनमा ९.३६ प्रतिशत ओगटेर ९ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये यूनियन लाईफ इन्स्योरेन्सले ५.४७ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो कम्पनीले चालू आ.व.को पहिलो १० महिनामा ५ अर्ब ४१ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कान्छो जीवन बीमकको रुपमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले ७२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । यो रकम जीवन बीमकहरुको कूल बीमाशुल्क आर्जनको शुन्य दशमलव ७२ प्रतिशत हो ।

कूल बीमाशुल्क आर्जन भनेको प्रथम बीमाशुल्क आर्जन र नविकरण बीमाशुल्क आर्जनको योग हो । पुराना बीमा कम्पनीहरुको बीमालेख संख्या र कारोबार संख्या धेरै हुने भएकोले नविकरण बीमाशुल्कको हिस्सा पनि उल्लेख्य हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS