IME Life
Beema Board

बीमा कम्पनीले साथ नदिदा लघु बीमा व्यवसाय प्रभावकारी हुन सकेन : समिति

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा लघुबीमा व्यवसाय प्रवर्द्धनका लागि धेरै प्रयासहरू भएतापनि लघुबीमा व्यवसाय प्रभावकारी रूपमा अगाडि बढेको पाइदैन । नेपाल सरकारबाट लघुबीमालाई प्राथमिकता क्षेत्र तोकी बजेट बक्तव्यमा विभिन्न कार्यक्रमहरू अघि सारिएता पनि बीमा कम्पनीहरू अपेक्षित रूपमा लघुबीमा व्यवसाय प्रति आकर्षित नभएको बीमा समितले आरोप लगाएको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने, बीमाको दायरा भित्र समावेश हुन नसकेका न्यून आय भएको वर्गको सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुयाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रम प्रति बीमा कम्पनीहरु नै आकर्षित हुन नसकेको बीमा समितले जनाएको छ ।

Prabhu
Crest

अधिकाम्स बीमा कम्पनीहरुकले नोक्सानमै लघु बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । चालु आर्थिक वर्षको बजेट वक्तव्यमै बीमा कम्पनीहरुको आफ्नो व्यवसायको ५ प्रतिशत पोर्टफेलियो लघुबीमाको हुनै पर्ने व्यवस्था गरिएको छ ।

बजेट अनुसार पोर्टफेलियो पुरा गर्ने बाहेक उनिहरुले यस कार्यक्रमलाई प्रभावकारी बनाउन भुमिका नखेलेको समितिको अध्ययनले देखाएको छ । समितिबाट जारी गरिएको निर्देशिकालाई समय सापेक्ष परिमार्जन गरी लागू गरेतापनि धेरै बीमा कम्पनीहरूबाट लघुबीमा व्यवसाय प्रभावकारी रूपमा सम्पादन हुन सकेको छैन ।

नेपाल जस्तो विकासोन्मुख मुलुकको लागि लघुबीमा व्यवसायले न्यून आय भएको वर्गको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । लघुबीमामा देखिएका समस्याहरू निम्न रहेका छन्।

– लघुबीमा प्रति जनचेतनाको कमी,

– लघुबीमा सम्बन्धी प्राविधिक ज्ञानको कमी,

– बीमा कम्पनीहरूको ग्रामीण क्षेत्रमा न्यून उपस्थिति,

– आपूर्ति सञ्चालित बजार,

– कुशल लागत वितरणको अभाव,

– जारी भएका बीमालेखहरूले सबै क्षेत्रलाई नसमेटिएको,

– बीमा प्रति विश्वासको कमी,

– दाबी भुक्तानी प्रक्रियामा जटिलता,

– लघुबीमा अभिकर्तालाई लघुबीमा सम्बन्धी पर्याप्त ज्ञानको कमी,

– लघुबीमा सम्बन्धी संस्थागत पूर्वाधारका अभाव तथा तालिमको कमी,

– लघुबीमामा अनुदानको व्यवस्था नरहेको,

– बीमा कम्पनीहरू बीच अस्वस्थ प्रतिस्पर्धा, आदि ।

समाधानका उपायहरू

लघुबीमा समग्र राष्ट्रको लागि वित्तीय समावेशिकरणको एउटा उदीयमान क्षेत्रको रूपमा रहेको पाइन्छ । नेपालमा लघुबीमा सरकारको प्राथमिक क्षेत्रको रूपमा रहेको, नियमनकारी निकायद्वारा लघुबीमालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि थुप्रै कदम चालिए तापनि लघुबीमा व्यवसाय प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन् । लघुबीमामा देखिएका समस्याहरूलाई निराकरण गर्दै लैजानु आजको आवश्यकता रहेको छ । लघुबीमामा देखिएका समस्याहरू समाधानका उपायहरू निम्न रहेका छन् ।

– लघुबीमा व्यवसायलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि लघुबीमा सम्बन्धी विस्तृत अध्ययन गरिनुपर्ने,

– लघुबीमा अन्तर्गत जारी गरिने बीमालेखहरू आवश्यक्ता तथा अनुसन्धानको आधारमा निर्माण गरी लागू गरिनुपर्ने, – लघुबीमामा भएका दाबी     भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउने, लघुबीमामा देखिएको वितरण लागत कम   गर्नका लागि डिजिटलाईजेशनलाई प्राथमिकता दिने,

– लघुबीमा सम्बन्धी प्रचार प्रशारमा जोड दिने,

– बीमक, अभिकर्ता तथा कर्मचारीलाई लघुबीमा सम्बन्धी तालिममा सहभागि गराउने,

– संघ, प्रदेश सरकार, स्थानीय तीनै तहका सरकारसँग लघुबीमा सञ्चालनका लागि सहकार्य गर्ने,

– सबै क्षेत्रलाई समेटिने गरी लघुबीमालेख डिजाइन गरिनुपर्ने,

नेपालमा लघुबीमा व्यवसाय सरकारको प्राथमिक क्षेत्रको रूपमा रहेको, नियमनकारी निकायद्वारा लघुबीमालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि थुप्रै कदमहरू चालिएको भए तापनि लघुबीमा व्यवसाय प्रभावकारी रूपमा सञ्चालन हुन सकेको देखिदैन । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि न्यून आय वर्गका व्यक्तिहरूको जीवनस्तर उकास्नका लागि लघुबीमा व्यवसायले प्रभावकारी भूमिका खेल्न सक्दछ । नेपालको लघुबीमा व्यवसाय प्रति बीमासँग सम्बन्धित विदेशी संघ संस्थाहरूको चासोको विषय रहेको छ । नेपाल जस्तै विकासोन्मुख मुलुकहरूमा लघुबीमा सम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा विकास हुँदै गईरहेको पाइन्छ तर नेपालमा भने लघुबीमा व्यवसाय सोचे जति फस्टाउन सकेको छैन । लघुबीमामा देखिएका समस्याहरूलाई निराकरण गर्नुका साथै पहिचान नभएका समस्याहरूलाई पहिचान गरी लघुबीमा व्यवसायलाई प्रभावकारी कार्यान्वयनका लागि विस्तृत रूपमा लघुबीमा सम्बन्धी अध्ययन हुन जरुरी देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS