IME Life
Beema Board

यस्तो अवस्थामा बीमा कम्पनीको संस्थापक शेयर खरिद बिक्री गर्न पाइदैन

SPIL
NIC ASIA

काठमाडौं । बीमा ऐन अनुसार बीमा कम्पनीहरुमा दुई किसिमको शेयर संरचना रहेको हुन्छ । नियम अनुसार बीमा कम्पनीको संस्थापक शेयर न्युनतम ५१ प्रतिशत र अधिकतम ७० प्रतिशतसम्म राख्न पाइन्छ । सर्वसाधारण तर्फको शेयर सजिलै कारोबार गर्न सकिन्छ । तर संस्थापक शेयर भने सजिलै कारोबार गर्न सकिदैन ।

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट हटेको मितिले कम्तिमा एक वर्ष पूरा नभएसम्म शेयर कारोबार गर्न पाइदैन । त्यस्तै बीमकको आन्तरिक वा बाह्य लेखापरीक्षकमा बहाल रहेको अवस्थामा पनि खरिद बिक्री गर्न पाइदैन ।

Prabhu
Crest

यस बाहेक निम्न अवस्थामा संस्थापक शेयर कारोबार गर्न पाइदैन ।

  • बीमकको कानूनी वा अन्य सल्लाहकार पदमा बहाल रहेको,
  • बीमकसँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको,
  • प्रचलित कानून बमोजम कर चुक्ता प्रमाणपत्र प्राप्त नगरेको वा स्थायी करदाता लेखा नम्बर नियमित नगरेको,
  • बीमकको काम कारबाहीमा बेइमानी वा बदनियत पूर्ण कार्य गरी अदालतबाट कसूरदार ठहरिएको,
  • खरिदकर्ता संस्था भएमा उक्त संस्थाको कार्य उद्देश्यमा शेयर खरिद बिक्री गर्न पाउने उल्लेख नभएको,
  • खरिदकर्ता संस्था भएमा उक्त संस्था विगत २ (दुई) वर्षदेखि सञ्चित मुनाफामा सञ्चालनमा नरहेको,
  • सम्पत्ती शुध्दिकरण तथा आतंकबादी क्रियाकलाप संग सम्बन्धित कानून तथा निर्देशिका बमोजिम पेश गर्नुपर्ने विवरण, कागजात पेश नगरेमा,
  • संस्थापक शेयर खरिदकर्ताले लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा सापटी लिई लगानी गरेको,
  • धितोपत्र दलाल वा बजार निर्माता वा सहकारी संस्था,
  • संस्थापक शेयर खरिद बिक्री पछि कायम हुन आउने कूल संस्थापकहरुमध्ये एक तिहाई
  • सदस्यहरु स्नातक वा सो सरहको योग्यता प्राप्त हुनुपर्नेमा सो अवस्था विद्यमान रहन नसक्ने देखिएको,
  • बीमकको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदासम्म वा त्यस्ता व्यक्ति आफ्नो पदबाट मुक्त भएको मितिले कम्तिमा एक वर्ष पूरा नभएको,

यस अवस्थामा बाहेक संस्थापक शेयर खरिद गर्नु पर्नेमा लगानीकर्ताको फिट एण्ड प्रपर टेष्ट गर्नु पर्ने हुन्छ । यस्तो परिक्षण पछि स्वीकृतिका लागि बीमा समितिमा निवेदन दिनु पर्ने हुन्छ । संस्थापक शेयर बिक्री गर्नु परेमा बीमकको सञ्चालक समितिको निर्णय, नागरिकता, कर चुक्ता प्रमाणपत्र, डिम्याट एकाउन्ट विवरण, संस्थाको हकमा प्रबन्धपत्र, नियमावली, कम्पनी प्यान, दर्ता नं, कालो सूचिमा नपरेको काजगात आवस्यक पर्नेछ ।

त्यस्तै संस्थापक शेयर बिक्रि गर्नु परेमा बीमकको सञ्चालक समितिको निर्णय, नागरिकता, कर चुक्ता प्रमाणपत्र, कालोसूचिमा नपरेको कागजात, आयश्रोत खुल्ने कागजात, समितिबाट तोकिएको विवरण फाराम, संस्थाको हकमा प्रबन्धपत्र, नियमावली, कम्पनी प्यान, दर्ता नं, वित्तीय विवरण, हकप्रद हक हस्तान्तरणको हकमा हकप्रद मनोनयन पत्र, खरिद पश्चात व्यक्ति, एकाघरको परिवार, समूह, संस्थाको नाममा चुक्ता पूँजीको १५ प्रतिशत धारण नकट्ने व्यहोराको पत्र आवस्यक पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS