IME Life
Beema Board

बीमा बजार प्रबर्द्धनको लागि बीमा सचेतनाको खाँचो 

SPIL
NIC ASIA

आज जेठ १ गते बीमा कर्मी र बीमा क्षेत्रमा अध्ययन अनुसन्धान गर्नेहरुको लागि खुशीको दिन हो । एक आपसमा बिचारहरुको साटासाट गर्ने अवसर हो, तर कोभिड संक्रमणले भयाभह रुप लिएको हुंदा यस पटक कुनै सभा समारोह विना बीमा समितिले स्मारिका प्रकाशन गर्दैछ । बीमा दिवसको खास महत्व के छ भने यो दिन बीमा कर्मीहरु निर्धक्कसंग बीमा बजारका समस्याहरु प्रस्तुत गर्दछन् भने बिज्ञहरु यसको समाधानका उपायहरुको बारेमा परिचर्चा गर्दछन् । आगामी दिनका योजना र कार्यक्रमको बारेमा छलफल हुने र बिचार बिमर्श हुने उपयुक्त थलो भनेको यस्तै कार्यक्रमहरु नै हुन् । हुन त हामीकहां यस्ता सभा सम्मेलनहरु धेरै भए, र यसै गरेर धेरै वर्षहरु बिते । नेपालको बीमा उद्योगको बिषयमा छलफल गर्ने हो भने धेरै समय आवश्यक छ तर यो छोटो लेखमा एउटा बिषयमा मात्रै चर्चा गरिनेछ ।

बीमा कम्पनीका धेरै समस्याहरु छन् । बीमितहरु बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधाबाट संतुष्ट हुन नसकेको गुनासो यत्रतत्र सुन्न पाइन्छ । नियामक निकाय बीमा समिति सरकारद्धारा आफूलाई पर्याप्त अधिकार नदिएको, मन्त्रालयले आवश्यकता भन्दा बढी अंकुश लगाएको हुंदा काम गर्न नसकिएको गुनासाहरु पनि हामीले सुनेका छौं । वर्तमान ऐनमा सुधार गर्नु पर्ने माग उठिरहेको छ, अन्यथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार नियमन गर्न नसकिने अवस्था पनि आइसकेको छ । यसै गरी सर्भेयर, अभिकर्ता र बैंक एजेन्टले पनि आफू वर्तमान परिपाटीबाट संतुष्ट हुन नसकेको भन्ने कुराहरु संचारमाध्यममा आइरहेको छ । कतिपय ठाउंमा उनीहरुका कारणबाट समस्याहरु सिर्जना भएको भन्ने गुनासाहरु पनि आइरहेकै छन् । बीमा दिवसको दिनमा समस्याहरु उछाल्नु ठीक होइन, बरु बीमा क्षेत्रमा भएका असल अभ्यासहरुलाई उचित छलफल गर्नु उपयुक्त हुन्छ, आम जनतासम्म लैजानु राम्रो हुन्छ ।

Prabhu
Crest

साना किसान, कृषि मजदुरहरु, निर्माण मजदुरहरु, सडक मजदुरहरुलाई  बीमाको महत्वको बारेमा बुझाउन जति जटिल छ सो भन्दा जटिल उनीहरुलाई प्रिमियम जुटाउन झनै गाह्रो हुन्छ । यसको लागि सरकारले अनुदान दिनु आवश्यक छ ।

आज बीमालाई आम जनता समक्ष कसरि पुर्याउने ? आम जनताको सेवाका लागि बीमा कम्पनी र बीमा समितिले के गर्नु पर्ला ? यो एक जल्दोबल्दो एजेण्डा हुनु पर्दछ । यो वित्तिय पहुंच र बित्तीय साक्षरता सम्बन्धी बिषय हो ।  हामी भन्छौं सबैको लागि बीमा तर अझै ७५ प्रतिशत भन्दा बढी मानिसहरुसंग जीवन बीमा छैन । त्यस मध्ये पनि धेरै मानिसहरुले पर्याप्त परिमाणमा बीमा गरेका छैनन्, नाम मात्रैको बीमा छ जुन उनीहरुको समस्या समाधानको लागि अपर्याप्त नै छ । सम्पत्ति बीमा त झन् निकै कम मानिसहरुले गर्ने गरेका छन् । गाडीको बीमा बाध्यतावश हुने गरेको छ, तेश्रोपक्ष बीमा त झन् अनिवार्य गरिएको कारणले मात्र हुने गरेको छ । सरकारले कृषि बीमा गर्दा प्रिमियममा ७५ प्रतिशत अनुदान दिएको छ र पनि निकै कम किसानहरु मात्रै यस तर्फ आकर्षित छन् ।

आम जनताको लागि टेलिफिल्म, फिल्म, दोहिरी गीत ,सांस्कृतिक कार्यक्रम (नाच गान) जस्ता रमाइला कार्यक्रम मार्फत, सडक नाटकद्धारा, स्टेज कार्यक्रम मार्फत, हास्यव्यंग र प्रहसन मार्फत चेतना बढाउन सकिन्छ ।

हामी सबैको मथिंगलमा एउटै कुरा खेल्छ किन बीमाको माग निकै कम हुने गरेको छ? वा किन मानिसहरु जोखिम प्रति सचेत छैनन्? किन आम मानिसहरुले बीमालाई जोखिम व्यवस्थापनको रुपमा प्रयोग गर्दैनन् ? किन बीमालाई बचतको साधनको रुपमा लिइदैन? किन बीमाको बिक्री बितरण त्यति सहज छैन? किन बीमा करारलाई निकै जटिल रुपमा लिइन्छ? किन बीमा कम्पनी प्रतिको माानिसहरुको बुझाई फरक छ वा झट्टै विश्वास गर्दैनन् । यसको जवाफ त्यति सजिलो छैन ।

नेपालमा मात्रै होइन सबै देशमा बीमालाई सजिलो उपकरणको रुपमा लिइदैन, सबै देशमा बीमाको बजार माग भन्दा आपूर्तिबाट निर्देशित हुन्छ । देशको आर्थिक, राजनैतिक, सामाजिक सांस्कृतिक, कानूनी र धार्मिक कारणले बीमाको मागलाई असर गरेको हुन्छ । पारिवारिक संरचना र सम्बन्ध, नातेदार सम्बन्ध, सरकारको सामाजिक सुरक्षाको योजनाले पनि मुख्य कारणहरु हुन् । यस बाहेक लगानीका अवसरहरु, ब्याजदर, मुद्रास्फिति पनि मुख्य कारक तत्वहरु हुन् जसले बीमाको माग र आपूर्तिलाई असर गर्दछ ।

सबै बीमा कम्पनीहरुको मुख्य चिन्ता बीमाको माग सोचे जस्तो नुहुन हो अर्थात् चाहे अनुरुप बिक्री हुन नसक्नु हो । त्यस्तै अर्को चिन्ता सबै पोलिसीहरुको नवीकरण नहुनु हो ।

सबै बीमा कम्पनीहरुको मुख्य चिन्ता बीमाको माग सोचे जस्तो नुहुन हो अर्थात् चाहे अनुरुप बिक्री हुन नसक्नु हो । त्यस्तै अर्को चिन्ता सबै पोलिसीहरुको नवीकरण नहुनु हो । दाबीमा ठगी र जालसाजीको अंश हुनु तर त्यसलाई पहिचान गर्न र न्युनीकरण गर्न नसक्नु पनि हो । आज बीमा दिवसको सन्दर्भमा बीमा समितिले यी चिन्ताहरुलाई मनन गरोस् र उपयुक्त माध्यमबाट समस्याको समाधान गरोस् भन्ने कामना गर्दछु ।

बीमाको माग बढाउनका लागि आम मानिसहरुलाई बीमा प्रतिको चेतना बढाउनु पर्दछ । चेतना कसरि बढाउने? यसका धेरै उपायहरु छन् । आम जनताको लागि टेलिफिल्म, फिल्म, दोहिरी गीत ,सांस्कृतिक कार्यक्रम (नाच गान) जस्ता रमाइला कार्यक्रम मार्फत, सडक नाटकद्धारा, स्टेज कार्यक्रम मार्फत, हास्यव्यंग र प्रहसन मार्फत चेतना बढाउन सकिन्छ ।

साना बच्चाहरुलाई त बीमाको बारेमा त्यति धेरै जानकारीको आवश्यकता नहोला तर माध्यमिक तहमा पुगे पछि उनीहरुले बीमाको बारेमा जानकारी राख्नु आवश्यक हुन्छ । कम्तिमा पाठ्यक्रममा बीमाको महत्व र कार्यहरुको बारेमा सामग्री राख्नु उचित हुन्छ । उच्च शिक्षामा बीमाको बारेमा कोर्ष राख्नै पर्दछ ताकी बिद्यार्थीहरुले बिज्ञता हासिल गर्न सकुन् र बीमा सम्बन्धी क्षेत्रमा काम गर्न सकुन् । र बीमा उद्योगको बिकासमा योगदान गर्न सकून् । विज्ञान देखि साहित्य र कलासम्म, व्यवस्थापन देखि समाजशास्त्र सम्मका बिषयहरुका पाठ्यक्रममा बीमाको बारेमा चर्चा परिचर्चा गर्नु आवश्यक छ । कलेजहरुमा वादविवाद प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, गीत, निवन्ध प्रतियोगिता जस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुमा यस प्रति गहिरो रुचीको बिकास गर्न र उनीहरु मार्फत परिवारमा समेत यसको महत्वको बारेमा जानकारी गराउन सकिन्छ ।

विश्वविद्यालय र कलेजहरुले अनुसन्धानमा पनि बीमालाई स्थान दिनु आवश्यक छ । स्नातकोत्तर तह, एम फिल तह, र पियचडी तहमा बीमा बिषयमा व्यापक रुपमा अनुसन्धान हुनु आवश्यक छ । यसको लागि बीमा समिति, बीमा कम्पनीहरुले बिशेष ध्यान दिनु पर्दछ । अनुसन्धानमूलक प्रतिवेदनहरुलाई बीमा उद्योगको बारेमा जानकारी राख्न चाहनेहरुका लागि ज्ञानको खुराक प्राप्त हुनेछ भने नीति निर्माताहरुको लागि पनि यी प्रतिवेदनबाट फाइदा हुनेछ ।

बीमा उपभोक्ताहरुले सही पोलिसी कसरि खरिद गर्ने, कुन पोलिसी कस्तो ब्यक्तिलाई उपयुक्त हुन्छ भन्ने जस्ता बिषयमा  निर्णय लिन सजिलो होस् भन्नका खातिर बीमा शिक्षा श्रृंखला संचालन गर्नु पर्दछ ताकि मासिनहरु नठगिउन् ।

बीमा उपभोक्ताहरुले सही पोलिसी कसरि खरिद गर्ने, कुन पोलिसी कस्तो ब्यक्तिलाई उपयुक्त हुन्छ भन्ने जस्ता बिषयमा  निर्णय लिन सजिलो होस् भन्नका खातिर बीमा शिक्षा श्रृंखला संचालन गर्नु पर्दछ ताकि मासिनहरु नठगिउन् । बीमाको दाबी लिंदा बद्माशी गरेको अवस्थामा सजाय हुन्छ भन्ने सन्देश जानु पर्दछ, र सजाय पनि हुनु पर्दछ । बीमाको कानूनी पक्षलाई पनि आम जनता सामू बुझाउन अत्यन्तै जरुरी छ ।

जनचेतनाको अर्को महत्वपूर्ण क्षेत्र भनेको कर्पोरेट हाउसहरु हुन् । सरकारी कार्यालय, सरकारी संस्थान, सार्वजनिक निकाय, पब्लिक कम्पनीहरु, नीजि संस्थाहरुलाई पनि बीमाको महत्वको बारेमा बताउन आवश्यक छ । किनकी ती संस्थाहरुसंग खरबौंको भौतिक सम्पत्ति रहेको हुन्छ । उक्त सम्पत्तिको सुरक्षाको लागि बीमा आवश्यक छ । त्यहां कार्यरत कर्मचारीहरुको कल्याणका लागि बीमा आवश्यक छ । कामदारहरुको सुरक्षाको लागि विभिन्न प्रकारका बीमाको आवश्यक छ । यातायात क्षेत्र, होटेल, कारखानामा काम गर्ने संस्थाहरुले पनि आफ्ना कर्मचारी, सम्पत्ति र दायित्वको बीमा त गर्नु पर्ने हुन्छ ।

त्यसै गरी बीमा चेतनाको अत्यावश्यक क्षेत्र भनेको अनौपचारिक क्षेत्र हो जहां गरीबको संख्या अत्याधिक रहेको छ । साना किसान, कृषि मजदुरहरु, निर्माण मजदुरहरु, सडक मजदुरहरु यसवर्गमा पर्दछन् । उनीहरुलाई बीमाको महत्वको बारेमा बुझाउन जटिल छ, सो भन्दा जटिल उनीहरुलाई प्रिमियम जुटाउन झनै गाह्रो हुन्छ । यसको लागि सरकारले अनुदान दिनु आवश्यक छ । कृषि बीमामा अनुदानको व्यवस्था छ तर लघु बीमामा भने अनुदानको व्यवस्था गरिएको छ । अनुदानको कारण पनि सचेतनामा बृद्धि भइरहेको छ र भविष्यमा पनि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS