IME Life
Beema Board

आइएमई जनरलका सिइओ योगेशभक्त बादे श्रेष्ठको वार्षिक तलब भत्ता ६८ लाख ३९ हजार रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठले वार्षिक ६८ लाख ३९ हजार ११३ रुपैयाँ पारिश्रमिक, भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन् । यस मध्ये तलब तथा अन्य सुविधा बापत ६२ लाख ९९ हजार रुपैयाँ बुझेका छन् भने नियम अनुसार कर्मचार बोनस बापत ५ लाख ३९ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कर्मचारी बोनस रकम गत आर्थिक वर्ष २०७६/७७ मा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कर्मचारी बोनस बापत १७ लाख ३८ हजार रुपैयाँ प्राप्त गरेका थिए । बोनस घटे पनि समग्रमा उनको तलब भत्ता तथा बोनस बापतको रकम भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा श्रेष्ठको ५१ लाख ९८ हजार मात्रै थियो । यस वर्षको उनको तलब भत्ता बढेको छ ।

Prabhu
Crest

त्यस्तै उच्च व्यवस्थापनमा रहेका कर्मचारीको तलब भत्ता तथा अन्य सुविधा पनि बढेको छ । उच्च व्यवस्थापनले गत आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्ष उनिहरुले ९८ लाख २९ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई जनरलको गत आर्थिक वर्षमा कर्मचारीहरुका लागि १७ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । सबैभन्दा धेरै तलब बापत ६ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । कर्मचारीले नियम अनुसार नाफाबाट २ करोड ९७ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । कर्मचारीले तलबको ५० प्रतिशत जति बोनस रकम नै प्राप्त गरेका छन् । यस बाहेक विभिन्न सेवा सुविधा प्राप्त गरेका छन् ।

कर्मचारी सँग सञ्चालक समितिका अध्यक्ष तथा संचालकहरुले पनि बैठक भत्ता र अन्य सुविधा बापत २३ लाख ४९ हजार रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले कर्मचारी सञ्चालकका साथै शेयरधनीहरुले पनि चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर प्राप्त गर्दैछन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ७ करोड ७५ लाख ५० हजार रुपैयाँको बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ३९ लाख ८६ हजार रुपैयाँ नगद लाभांस प्राप्त गर्छन् । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS