IME Life
Beema Board

बैशाखसम्ममा सम्पुर्ण जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुग्ने, बीमा गर्नेको संख्या ३७ लाख नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा ६९ जिल्लामा विस्तार गरेको छ । बोर्डले ६ जिल्लामा चैत २५ गते एकै दिन शुभारम्भ गर्ने भएको छ । बोर्डले चैत २५ गते ताप्लेजुङ,  दोलखा,  बारा,  सर्लाही,  मनाङ र मुस्ताङमा एकै दिन स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने भएको हो । यस सँगै स्वास्थ्य बीमाको पहुँच ७५ वटा जिल्लामा पुग्ने छ ।

बाँकी रहेको काठमाडौं र ललितपुर जिल्लामा भने केहि समय लाग्ने बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए । बोर्ड सकेसम्म बैशाखमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने योजना बनाएको छ । बोर्डले यस चैत समान्तसम्ममा सम्पुर्ण जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरिसकेको योजना बनाएको थियो । तर बोर्डले काठमाडौं र ललितपुरमा भने योजना अनुसार उद्घाटन गर्न नसक्ने भएको छ ।

Prabhu
Crest

बोर्डले फागुन महिनामा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा स्वास्थ्य बीमा सेवा विस्तार गरेको थियो ।  नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला र मुख्य मन्त्री पुथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यतामा सहित औपचारिक रुपमा स्वास्थ्य बीमा सेवा सुरु भएको थियो । त्यस्तै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) मा भने स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गरेका थिए ।

बीमा कार्यक्रम मार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जना भन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७ सय रुपैयाँ बुझाउनु पर्छ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३ सय ७५ अस्पताललाई सूचीकृत गरेको छ । स्वास्थ्य बीमा गरेका बीमितले ती अस्पतालबाट निःशुल्क उपचार गराउन पाँउछन् ।

अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अति अशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव प्रसाद लम्सालले जानकारी दिए ।

उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए । उनले वडा स्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने उनको विश्लेषण छ । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओठ तालु काटिएकामा गरिने सर्जरी बाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमा बापत गराउन पाउने छैनन्। सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली,  इलाम र बागलुङ सहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो ।

नेपाल सरकारले स्वास्थ्य मन्त्रालय मातहत छुट्टै स्वास्थ्य बीमा बोर्ड गठन गरी जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य बीमा सेवाका कारण अति विपन्न, जेष्ठ नागरिक, पूर्ण अशक्त, स्वास्थ्य संवयमसेवक, र आर्थिक अवस्था कमजोर भएका क्यानसर, क्षयरोग जस्ता दिर्घरोग लागेका मानिसहरुले सर्वसुलभ रुपमा बीमा सेवा पाउँदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS