IME Life
Beema Board

८ महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ८२ अर्ब माथि, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ८ महिनाको अवधिमा ८१ लाख ८७ हजार ९ सय ६८ वटा बीमा पोलिसी जारी गरि ८२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Source : Beema Samiti

समितिको तथ्याङ्क अनुसार फागुण मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १० अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ७ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५२ करोड रुपैयाँ, यूनियन लाइफले ४ अर्ब ६७ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ९६ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ७५ करोड रुपैयाँ, गुँरास लाइफले २ अर्ब ६८ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ७४ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६१ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ४१ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब २६ करोड रुपैयाँ, प्रभु लाइफले ८९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS