IME Life
Beema Board

धितोपत्र बजारको पुँजीकरण ३४ खर्ब ६ अर्ब नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको माघ मसान्तसम्ममा आर्थिक अवस्था सार्वजनिक गरेको छ। चालु आर्थिक बर्ष २०७७ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७७ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

Prabhu
Crest

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ माघसम्ममा सूचीकृत ५ अर्ब ४० करोड शेयरको चुक्ता मूल्य रु. ५३० अर्ब ६२ करोड रहेको छ।आर्थिक वर्ष २०७७/७८ को सात महिनामा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु. १३ अर्ब ७१ करोड बराबरको बोनस शेयर, रु.७ अर्ब बराबरको डिबेन्चर रु. २ अर्ब ७१ करोड बराबरको हकप्रद शेयर र रु. ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. २ खर्ब ९ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. १० अर्ब ९३ करोड बराबरको साधारण शेयर, रु. १० अर्ब ६४ करोड बराबरको डिबेन्चर, रु. १ अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र रु. १ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२५ अर्ब ३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS