IME Life

डि.ए.भी. कलेजद्वारा पुरस्कार वितरण

SPIL
NIC ASIA

काठमाडौं । डि.ए.भी. कलेजले यस बिहिबार सफलतापुर्वक आफ्नो प्रथम वार्षिक भ्लग फेस्ट (२०२० सम्पन्न गरेको छ । कलेजले उक्त कार्यक्रमको अवसरमा पुरस्कृत समेत गरेको छ । कार्यक्रममा कलेजका अध्यक्ष अनिल केडिया, प्रमुख अतिथि डा. डिल्लीराज शर्मा (प्रमुख, फ्याकल्टी अफ म्यानेजमेन्ट, त्रि. वि.), विषेशअतिथि दिनेशमणि घिमिरे (सह–प्रमुख, फ्याकल्टी अफ म्यानेजमेन्ट, त्रि. वि), कलेजका अनुसन्धान तथा निर्णायक मण्डली र सोही कलेजका विद्यार्थीहरुको उपस्थिति थियो ।

समारोहमा जम्मा ७ वटा विधामा विजेता विद्यार्थीलाई सम्मानपत्र र नगद १५ हजारसम्मको पुरस्कार वितरण गरिएको थियो । भ्लग प्रतियोगितामा आफ्नो भिडियो बुझाउनको लागि सहभागी विद्यार्थीलाई करिब १० दिनको समय दिईएको थियो । उक्त भिडियो भ्लगमा उनीहरुले तनावयुक्त समयमा पनि सृजनशिलताको माध्यमबाट कसरी आशावादि रहन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्नुपर्ने थियो । यस क्रममा जम्मा १५० जना विद्यार्थीहरुले भ्लग बुझाई सहभागिता जनाएका थिए, जस मध्ये २८ वटा लाई प्रतिस्पर्धाको निमित्त उचित ठानिएको थियो । फेसबुकलाई माध्यम बनाईएको यस प्रतियोगितामा उनीहरुको भिडियो पोस्टहरुले कैयौं सेयर र सैयौं लाईक्स पाएका थिए ।

Prabhu
Crest

सोही प्रतियोगितामा उत्कृष्ट बनेकाहरुलाई पुरस्कृत गरिएको हो । कलेजले याबेस राई, अभिषेक बस्नेत, अनमोल तामाङ, चिरायु बिष्ट, रायन सिकेमान, रबिन श्रेष्ठ, संजिबअधिकारी, सहारा गर्तौला, करिना श्रेष्ठलगायतलाई पुरस्कृत गरेको छ ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि डा. डिल्लीराज शर्माले प्रतियोगिताका बारेमा आफ्नो मन्तव्य दिएका छन् । उनले भने “म्यानेजमेन्ट स्टडिज् एउटा यस्तो विषय हो, जसलाई बुझ्न यसका बहु र अन्तर विषयवस्तु सँगको सम्बन्धलाई बुझ्न जरुरी हुन्छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS