IME Life
Beema Board

कोरोना संक्रमणबाट बीमा प्रशासक ढुंगेलको निधन

SPIL
NIC ASIA

काठमाडौं । नेपालको बीमा क्षेत्रमा लामो समय काम गरेका अनिल ढुंगेलको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एभरेष्ट इन्स्योरेन्समा लामो समय काम गरेका ढुंगेललाई गत साता कोरोना संक्रमण भएको थियो ।

चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका ढुंगेल एभरेष्ट इन्स्योरेन्समा फाईनान्स प्रमुखका रुपमा कार्यरत थिए । उनी विवादित दावी भुक्तानी काण्डमा परेर मुद्दा लडिरहेका थिए । यद्यपि सर्वोच्च अदालतले उनकै पक्षमा फैसला सुनाएको थियो ।

Prabhu
Crest

गत साता अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई ललितपुरको स्टार हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेहबाट ग्रसित ढुंगेललाई शुक्रबार र शनिबार दुई पटक हृदयघात भएपछि मृत्यु भएको जनाइएको छ ।

बीमा प्रशासक ढुंगेलको गए राति साढे ११ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS