IME Life
Beema Board

२५ अर्ब भन्दा बढि रकम आईपिओको लागि फ्रिज हुँदै

SPIL
NIC ASIA

काठमाडौं । चन्द्रागिरी हिल्सले आगामी साताबाट १५ लाख कित्ता भन्दा बढिको लागि आईपिओ जारी गर्ने घोषणा गरिसकेको छ । चन्द्रागिरी हिल्सको आईपिओ सकिए लगत्तै नेपाल पूर्वाधार बैंक पनि आईपिओ जारी गर्ने अन्तिम तयारीमा छ । त्यस्तै अन्य संस्था तथा बीमा कम्पनीहरुको पनि आईपिओ पाईप लाईनमै छन् ।

तत्काल जारी हुन लागेका दुई आईपिओको लागि २५ अर्बभन्दा बढि रकम बैंकमा फ्रिज हुँदैछ । चन्द्रागिरी हिल्सको आईपिओको लागि न्यूनतम् १० कित्ता मात्रै आवेदन पर्याप्त हुनेछ भने नेपाल पूर्वाधार बैंकको आईपिओमा न्यूनतम १०० कित्ता आवेदन दिनुपर्ने अवस्था छ । पछिल्लो पटक आवेदन भरेकाहरुको तथ्याङ्क हेर्दा झण्डै ११ लाख जनासँग डिम्याट खाता छ । सो आधारमा पनि आठ करोड कित्ता आईपिओ खुल्ला हुँदा प्रतिव्यक्ति न्यूनतम ५० कित्ता भन्दा बढि अधिकतम १०० कित्तासम्म आईपिओ पर्न सक्ने देखिन्छ ।

Prabhu
Crest

लगानीकर्ताहरुले यस पटकको आईपिओमा कम्तीमा पनि १०० कित्ताको लागि आवेदन दिने हो भने १० हजार रुपैयाँ र दिन खोलेर आईपिओ भरेको अवस्थामा १५ हजार रुपैयाँको आईपिओ भर्नुपर्नेछ । यस पटकको आईपिओमा ठूलो मात्रामा लगानी गर्नुपर्ने अवस्था छ । आईपिओमा लगानी गर्नेक्रममा न्यूनतम १५ अर्ब रुपैयाँदेखि अधिकतम् २५ अर्ब रुपैयाँसम्म रकम फ्रिज हुने अनुमान गरिएको छ । नेपाल पूर्वाधार बैंकले जारी गर्न लागेको आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता शेयरको लागि कम्तीमा पनि १५ देखि २० रुपैयाँको आवेदन पर्ने अनुमान गरिएको छ । त्यस्तै, चन्द्रागिरी हिल्सले जारी गर्ने आईपिओमा कम्तीमा दुई अर्ब देखि चार अर्ब रुपैयाँसम्मको आवेदन पर्ने अनुमान गरिएको छ ।

ठूलो मात्रामा आईपिओ जारी हुन लागेकोले एकै पटक बैंकमाथि तरलताको भार पर्ने देखिएको छ । यद्यपि कोरोनाको कारण नेपालका बैंकहरुमा अर्बौ रुपैयाँ तरलता थुप्रिएका कारण बैंकहरुलाई समस्या पर्ने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS