IME Life
Beema Board

पुस २४ गतेदेखि चन्द्रागिरी हिल्सको आईपिओ निष्काशन हुँदै

SPIL
NIC ASIA

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले यही पुस २४ गतेदेखि दोस्रो चरणको सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीलाई आईपिओ वितरण गरेको कम्पनीले दोस्रो चरणमा सबै सर्वसाधारणले खरिद गर्न पाउने गरी आईपिओ निष्काशन गरेको हो ।

काठमाडौंको थानकोटदेखि चन्द्रागिरी पहाडसम्म केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको आज सूचनामार्फत जनाएको छ ।

Prabhu
Crest

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको जनाएको छ । चन्द्रागिरी हिल्सको उक्त शेयर मध्ये १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ ।

चन्द्रागिरी हिल्सको आईपिओ पुस २४ गतेबाट खुल्ला भई छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गते बन्द हुने कम्पनीले जनाएको छ । सो आईपिओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको सो आईपिओमा ठूलो संख्यामा आवेदन पर्न सक्ने अनुमान गरिएको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS