IME Life
Beema Board

फिदिमस्थित ढकालको घरमा आगोलागी

SPIL
NIC ASIA

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको सोमनाथ ढकालको घरमा गएराति आगलागी हुँदा १३ लाख बराबरको धनमाल क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको पाँचथर प्रहरीले जनाएको छ ।

विद्युतसर्ट भई घरको एउटा कुनाबाट सल्केको आगोले केही क्षणमै सिंगो घर खरानी पारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Prabhu
Crest

सो आगलागी नियन्त्रणमा लिन फिदिम नगरपालिकाका दुई वटा वारुणयन्त्र, स्थानीयबासी, सुरक्षाकर्मीको पहलमा दुई घण्टापछि सफल भएको प्रहरीले जनाएको छ । समयमै आगोलागी नियन्त्रणमा लिन सफल भएकोले वरपरका घरहरुमा फैलिन नभएकोले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

पुरानो घर भएकोले घट्नाको बीमा दावी नपर्ने जनाइएको छ । नेपालमा सम्पत्ति बीमाको व्यापक प्रयोग नहुँदा पीडितले बीमामार्फत राहत पाउन सकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS