IME Life
Beema Board

एक महिनापछि बीमा समितिमा अध्यक्ष पद रिक्त हुँदै, नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया सुरु गर्न ढिलाई

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल अबको एक महिनापछि सकिने भएको छ । २०७७ साल पुस २२ गतेसम्म मात्रै कार्यकाल भएका अध्यक्ष चापागाईले सोही दिन विदा हुदैछन् । २०७३ साल पुस २३ गते अर्थमन्त्रालयबाट पत्र बुझी बीमा समितिमा अध्यक्ष बनेका चापागाईको चार वर्षे कार्यकाल आगामी पुस २२ गते सकिदैछ । बीमा ऐनमा बीमा समितिको अध्यक्षको कार्यकाल दुई पटक सम्म थप गर्न सकिने व्यवस्था छ ।

यद्यपि सरकारले गर्ने हरेक सार्वजनिक नियुक्तीमा सर्च कमिटीमार्फत खोजी गरी उत्कृष्ट व्यक्तिलाई नियुक्ती गर्नुपर्ने सर्वोच्च अदालतको फैसला अनुसार अर्थमन्त्रालयले प्रक्रिया पूरा गरेर अध्यक्षमा नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार पदावधी सकिनुअघि नै सर्च कमिटी गठन गरी रिक्त भएको एक साताभित्रैमा नयाँ अध्यक्ष नियुक्ती गर्नुपर्नेमा सरकारले हालसम्म पनि सर्च कमिटी गठन गरेको छैन ।

Prabhu
Crest

बीमा क्षेत्र यतिबेला अत्यन्तै तरल अवस्थाबाट गुज्रिरहेको छ । कोरोना बीमाका कारण उत्पन्न भएको छ अर्बभन्दा बढि दायित्वको तनाव एकातिर छ भने अर्कोतिर नयाँ बीमा ऐन निर्माणको काम समेत तीव्र गतिमा अघि बढिरहेको अवस्थामा बीमा समिति लामो समयसम्म रिक्त राख्न नहुने विज्ञहरुको भनाई छ ।

बीमा समितिमा नयाँ अध्यक्ष नियुक्तीको लागि प्रक्रिया सुरु गर्ने सम्बन्धमा अर्थमन्त्रालयले औपचारिक प्रक्रिया सुरु गरेको कुनै जानकारी नभएको प्रबक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS