IME Life

माउन्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँड भोलि हुने

SPIL
NIC ASIA

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) भोलि बाँडफाँड हुँदैछ । आइतबार प्रि अलोटमेन्ट सम्पन्न भएको उक्त आइपिओको बाँडफाँड बुधबार बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा हुने जनाएको छ ।

कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.६१ गुणा धेरै हो ।

Prabhu
Crest

जसमध्ये, ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले शेयर पाउने छन् र बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली हुनेछ ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS