IME Life

एकै दिन छ करोड रुपैयाँ कारोना बीमाको दावी भुक्तानी, ३६ हजार फाईल प्रमाणिकरण

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमा पुलले एकै दिन छ करोड रुपैयाँ कोरोना संक्रमण भई बीमा दावी गरेका बीमितलाई भुक्तानी गरेको छ । पछिल्लो समय कोरोना बीमा सम्बन्धी काम गर्दै आएको पुलले दावी भुक्तानीलाई तीव्रता दिँदै आएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहिवार एकै दिन छ करोड दुई लाख रुपैयाँ दावी भुक्तानी भएको छ । बुधबारसम्म एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ दावी भक्तानी गरेको पुलले बिहिवारसम्ममा एक अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

Prabhu
Crest

त्यसैगरी, बहिवार एकै  दिन आठ सय भन्दा बढि कोरोना संक्रमित बीमितको फाईल प्रमाणिकरण भएको छ । यससँगै कूल प्रमाणिकरण हुने फाइलको संख्या ३६ हजार ६८३ पुगेको छ । बीमा पुलमा पुगेको फाईलको आधारमा यो तथ्याङ्क प्रकाशित गरिएको छ । इन्स्योरेन्स खवरले गरेको अनौपचारिक तथ्याङ्क संकलनमा कूल कोरोना बीमाको दावी ७० हजार भन्दा बढि छ ।

बीमा पुलले सम्पूर्ण कागजात प्राप्त भएपछि मात्रै फाईल प्रमाणिकरण गरी दावी भुक्तानीको लागि प्रक्रिया अघि बढाउने भएकोले बीमा पुलको तथ्याङ्क र बीमा कम्पनीहरुमा परेको बीमा दावीमा ठूलो फरक रहँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS