IME Life
Beema Board

१२ कम्पनीको लाभांश सरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक सहित ११ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक,  नेपाल एसबिआई बैंक, वोमी लघुवित्त, ङादी ग्रुप पावर, स्पर्स लघुवित्त वित्तिय संस्था,ग्लोबल आईएमई लघुवित्त,मञ्जुश्री फाइनान्स,ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक,छिमेक लघुवित्त र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स  को लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ । १२ वटैै कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै आजम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।

नेपाल एसबिआई बैंकले गत आर्थिक बर्ष मुनाफबाट यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ३ दशमलव ४७ प्रतिशत नगद लाभांश, वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावर कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन । ती तीन ओटै कम्पनीले पुस २८ गते साधारण सभा आयोजना गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, स्पर्स लघुवित्तले १९ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र १ दशमलव ४५ प्रतिशत नगद लाभांश, मञ्जुश्री फाइनान्सले १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश,ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

त्यसैगरी,कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश, छिमेक लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र ३ दशमलव १६ प्रतिशत नगद लाभांश र नबिल बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । ती सात ओटा कम्पनीले भने लाभांश पारित गर्न आगामी पुस २९ गते साधारण सभा बोलाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS