IME Life
Beema Board

गुराँस लाफले ५ लाख ९० हजार कित्ता हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते मंगलबारबाट हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमध्ये ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्काशन तथा विक्री खुला गरेको कुल हकप्रद शेयरमध्ये, संस्थापक समूहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले असोज १३ गते मंगलबारदेखि असोज १९ गते सोमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले एक सुचना जारी गर्दै बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS