IME Life

भित्रभित्रै तीन नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रयास, बीमा समितिमाथि राजनीतिक दवाव

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिमा कम्तिमा एक सहित दुई निर्जिवन र एक जीवन बीमा कम्पनी दर्ता गर्ने प्रयास भइरहेको छ । यद्यपि बीमा समितिले भने दर्ता प्रक्रिया अघि नबढेको दावी गरेको छ । बीमा समितिले लिखित रुपमा निर्णय गरी नयाँ बीमा कम्पनी दर्ता प्रक्रिया बन्द गरेकै अवस्थामा केही नयाँ बीमा कम्पनीहरु भने दर्ता गर्न कम्मर कसेर लागेका छन् । बीमा समितिलाई सरकार निकट र प्रमुख प्रतिपक्ष निकटको प्रभावमा पार्दै उच्च राजनीतिक दवावसहित नयाँ बीमा कम्पनी दर्ताको प्रक्रिया सुर गरिएकोे हो ।

बीमा समितिमा अत्यन्तै सुरक्षित रुपमा दर्ता गर्न खोजिएको कम्पनीबारे केही बाहिर ल्याइएको छैन । बीमा समितिका अध्यक्ष चापागाईमाथि राजनीतिक दबाव सिर्जना गरेर नयाँ कम्पनी दर्ता गर्ने प्रयास भएको हो । सुत्रका अनुसार नेपाली कांग्रेस नेतृ आरजु राणाको लगानी रहेको कम्पनी तथा नेकपा नेतृत्वका उच्च नेतृत्वको संरक्षण प्राप्त कम्पनीहरु दर्ताको लागि अघि बढेका छन् । दर्ता हुने नहुने भने एकिन भइसकेको छैन ।

Prabhu
Crest

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल सकिन लागेको छ । अध्यक्ष चापागाई बीमा समितिबाट विदा हुनुअघि दवाव सिर्जना गरेर नयाँ कम्पनी दर्ता गर्न सक्ने अनुमान गरिएको छ । अर्थमन्त्री प्रम केपी ओलीको हातमा पुगेको बेला सल्लाहकार विष्णु रिमालमार्फत दबाव सिर्जना गरी नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाउन खोजिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने हाल कुनै पनि नयाँ कम्पनी दर्ता प्रक्रिया अघि नबढेको र  नयाँ कम्पनी दर्ता रोकेको अवस्था रहेको बताए । उनले भने, ‘नयाँ कम्पनीको दर्ता हुँदैन । नयाँ बीमा कम्पनीको दर्ता प्रक्रिया रोकिएको अवस्था छ ।’

इन्स्योरेन्स खवरलाई प्राप्त जानकारी अनुसार बीमा समितिका पूर्व निर्देशक श्रीमान कार्कीको नेतृत्वमा अभियान जनरल इन्स्योरेन्स दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । अभियान इन्स्योरेन्स दर्ता गर्न कार्यालय न्यूप्लाजामा सञ्चालन गरिसकिएको छ । नयाँ निर्जिवन बीमा कम्पनी दर्ता गर्न लागेको कार्कीले स्वीकार गरेका छन् । कार्कीले बीमा समितिले नयाँ कम्पनीलाई अनुमति दिने प्रक्रिया खुल्ला गर्ने वित्तिकै अभियान जनरल इन्स्योरेन्स कम्पनी दर्ता गर्न काम भइरहेको बताए ।

त्यस्तै, स्टाण्डर्ड लाईफ इन्स्योरेन्स कम्पनी पनि दर्ता प्रक्रिया अघि बढाइएको छ । सो कम्पनी दर्ता गर्ने सम्बन्धमा बीमा समितिबाट मात्रै स्वीकृत लिएर पुग्दैन । जीवन बीमा कम्पनी दर्ताको लागि अर्थमन्त्रालयबाटै अनुमति लिनुपर्ने भएकोले उच्च नेतृत्व अर्थमन्त्री तथा प्रधानमन्त्री नै कभिन्स हुनुपर्ने अवस्था रहेको छ । प्रक्रिया भने बीमा समितिबाट अघि बढ्नेछ । उता, पुरानै दर्ता रहेको राजेशबाबु श्रेष्ठले स्थापना गर्न खोजेको मनकामना इन्स्योरेन्स कम्पनी (जनरल) समेत दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । श्रेष्ठले सो कम्पनीका कागजात हालै बिक्री गरेको बुझिएको छ । नयाँ टिमले मनकामना इन्स्योरेन्स कम्पनी अघि बढाएको सूत्रले जनाएको छ ।

नयाँ आउन खोजेका बीमा कम्पनीहरु
१) अभियान इन्स्योरेन्स कम्पनी दर्ता हुन बाँकी ।
२) मनकामना इन्स्योरेन्स कम्पनी दर्ता २०७५।०१।०६
३) हिमालयन इन्स्योरेन्स कम्पनी दर्ता २०६८।१२।१८
४) इन्टरनेशनल लाईफ इन्स्योरेन्स कम्पनी, दर्ता मिति २०६४।०९।०९
५) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी, दर्ता मिति २०७२।१२।०३
६) हिन्दुकुश इन्स्योरेन्स कम्पनी, दर्ता मिति २०७३।१२।१३
७) स्टाण्डर्ड लाईफ इन्स्योरेन्स कम्पनी, दर्ता मिति २०६४।०९।०६

उल्लेखित नयाँ कम्पनीहरु बाहेक २०६० सालभन्दा पहिले दर्ता भएका रिलायबल इन्स्योरेन्स कम्पनी, लक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी, जीवनधारा लाईफ इन्स्योरेन्स कम्पनी, ग्लोबल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेन्स कम्पनी कान्तिपुर, आलियन्ज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पनि कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइ अनुमति नपाएका कारण बीमा व्यवसाय गरेका छैनन् ।

तीन वटा नयाँ कम्पनी दर्ता गर्ने भनिए पनि यसअघि नै दर्ता भई अनुमति नपाएर बसेका कम्पनीहरुले समेत सोही मौकामा प्रक्रिया अघि बढाउने हुँदा पुनः दर्ता खुल्ला गरिए कम्तीमा ७ वटा नयाँ कम्पनी थपिने सक्ने देखिएको छ । त्यस्तै अन्नपूर्ण रि इन्स्योरेन्स समेत दर्ता हुने सम्भावना रहेको छ । बीमा समितिले नयाँ कम्पनी दर्ता प्रक्रिया खुल्ला गरेको अवस्थामा ठूला व्यापारिक घरानाले अघि बढाउँदै गरेको अन्नपूर्ण री इन्स्योरेन्स कम्पनी समेत दर्ता हुने सम्भावना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS