IME Life
Beema Board

एनआइसी एशिया लघुवित्तको नाफा ७८% ले बढ्यो अन्य सूचक कस्तो?

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासमाको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाको नाफा यस अवधिसम्ममा ७८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले ११ करोड ३ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा वृद्धि भएर १९ करोड ६४ लाख पुगेको हो ।

Prabhu
Crest

आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४८ करोड पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा कोषमा ३० करोड १६ लाख सञ्चित गरेको छ ।

गत आवको चौथो त्रैमासाम कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको देखिन्छ । सो अवधिमा कम्पनीको खु्द ब्याज आम्दानी ९० प्रतिशत र सञ्चालन नाफा ७७ प्रतिशत वृद्धि भएको हो ।

साथै कम्पनीले गत आवको चौथो त्रैमासमा ७६ लाख ९४ हजार खराब कर्जा उठाएको छ । सोही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड सापटि लिएर, ९५ करोड ५५ लाख निक्षेप संकलन गरेर ६ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ ।

निष्क्रिय कर्जा शून्य दशलमव ९९ प्रतिशत , प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा वार्षिक, मूल्य आम्दानी अनुपात २७ दशमलव ३१ गुणा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS