IME Life
Beema Board

लकडाउनको समयमा १९ जीवन बीमा कम्पनीले कति गरे बीमा शुल्क आर्जन ?

SPIL
NIC ASIA

काठमाडौं । लकडाउनको अवधिमा १९ जीवन  बीमा कम्पनीहरुले ८ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार चैत, बैशाख र जेठ गरी तीन महिनामा जीवन बीमा कम्पनीहरुले सो बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । १९ जीवन बीमा कम्पनीहरुले लकडाउनको अवधिमा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार लकडाउन अवधीमा बीमाशुल्क संकलनमा छुट समेत दिएका थिए । लकडाउन खुकुलो भएसँगै बीमाशुल्क संकलनमा छुट नदिने समितिले घोषणा गरिसकेको छ ।

लकडाउन अवधिभर सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले चैतमा ६५ करोड, बैशाखमा ५० करोड र जेठमा १ अर्ब ७२ करोड रुपैयाँ गरी कुल २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले लकडाउन अवधिमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। बैशाखमा कुनै पनि बीमाशुल्क आर्जन नगरेको एलआईसीले चैतमा ७० करोड र जेठमा ३४ करोड गरी १ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै,नेशनल लाइफ इन्स्योरेन्सले चैतमा २२ करोड, बैशाखमा १० करोड र जेठमा ३४ करोड गरी कुल ७६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। युनियन लाइफ र एशियन लाइफले यस अवधीमा ५० करोड रुपैयाँभन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफ, प्रभु लाइफले र महालक्ष्मी लाइफले लकडाउन अवधिमा ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS