Connect IPS
IME Life

काठमाडौंको टोखा र बुढानिलकण्ठमा देखियो कोरोना, एकै पटक ७२ जना नयाँ संक्रमित भेटियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार नेपालीहरुका लागि कोरोना भाइरसको दुखद खवर प्राप्त भएको छ । एकै पटक हालसम्मकै उच्च ७२ जना कोरोना भाइरस संक्रमित देखिएको छ भने आजै मृत्यु भएर दाहसंस्कार गरिसकिएको व्यक्तिमा पनि कोरोना पुष्टि भएपछि बीरगन्जमा तनाव बढेको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कूल मृतकको संख्या चार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज फेला परेकाहरु काठमाडौंको उत्तरी क्षेत्रका हुन् । टोखा वडा नं ३ र ६ तथा बुढानिलकण्ठ वडा नं ३ का स्थानीय मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Prabhu
Crest

यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् । बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका(३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS