IME Life

मेडिकल बीमा र जीवन बीमामा कोरोना भाइरसले पार्न सक्ने प्रभाव

SPIL
NIC ASIA

विरोध भट्ट

विश्वभरी कोरोना भाइरसको महामारीका कारण लाखौं व्यक्तिको मृत्यु तथा संक्रमित भएको अवस्था विद्यमान छ । कोरोना भाइरसको कारण बिरामी हुनु अघि बीमा भएको अवस्था र त्यसको कारण बिरामी भैसके पश्चात बीमा भएको अवस्था फरक हुन्छ । बीमाको सर्वमान्य सिद्धान्त “परम सद्विश्वास”को सिद्धान्त अनुसार बीमा गर्ने व्यक्तिले बीमा गर्नु अघि आफूलाई थाहा भएको रोग बीमा प्रस्ताव गर्दा लुकाई छिपाई बद्नियत साथ बीमा गरेको अवस्थामा बीमालेख बमोजिमको रकम दिन नपर्ने भनि विश्वका प्रायः न्यायालय लगायत नेपालमा बीमा समिति र अन्य अदालतले समेत सोही प्रकारको पैmसला गरी उक्त सिद्धान्तलाई मान्यता दिइरहेको देखिन्छ । यसकारण कोरोना सन्दर्भमा जीवन बीमा वा स्वास्थ्य बीमा गरे पश्चात कुनै व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएमा वा औषधोपचार खर्च भएमा बीमा दावी सम्बन्धमा के कस्तो हुन्छ भन्ने आम चासो रहेको देखिन्छ ।

नेपालमा जारी भएका विद्यमान स्वास्थ्य बीमा अर्थात मेडिकल इन्स्योरेन्स पोलिसीहरु हेर्दा कोरोना भाइरस जस्ता महामारीको उपचार खर्च भुक्तानी गर्ने भनि प्रष्ट रुपमा उल्लेख भएको देखिदैन । तर, त्यस्ता मेडिकल इन्स्योरेन्स पोलिसीहरुमा कोरोना भाइरस जस्ता महामारी रोगको हकमा दावी भुक्तानी गर्न नपर्ने भनि उल्लेख गरेको पनि देखिंदैन । बीमाको सामान्य सिद्धान्त बमोजिम पनि कुन कुन अवस्थामा दावी भुक्तानी नहुने भनि प्रष्ट रुपमा उल्लेख गरेको हुनुपर्दछ, अन्यथा बीमा कम्पनीहरुले बीमालेख बमोजिम गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

बीमा एक प्रकारको करार भएकोले करारमा उल्लेखित शर्तहरु लागू हुन्छन् । जीवन बीमा वा स्वास्थ्य बीमाका पोलिसीहरुमा यदि कोरोना भाइरस जस्तो महामारी रोगको कारण बीमितको मृत्यु भएमा वा औषधोपचार खर्च भएमा बीमा दावी भुक्तानी गर्नु नपर्ने भनि प्रष्ट रुपमा उल्लेख भएको अवस्था भएको खण्डमा मात्र बीमा कम्पनीले त्यस्तो प्रकारको दावी इन्कार गर्न सक्दछ र त्यस्तो निर्णय उपर बीमित वा हकवालाले बीमा समिति समक्ष त्यस्तो निर्णयको विरुद्ध उजुरी दिन सक्ने नै हुन्छ र बीमा समितिबाट त्यस्तो उजुरी उपर बीमा ऐन तथा नियमावली बमोजिम निर्णय गर्ने गर्दछ । साथै, माथिल्लो अदालतको निर्णयको विषय पनि हुनसक्दछ ।

……………………0-0-0…………………….

महत्वपूर्ण कुरा के रहेको छ भने कोरोना भाइरसको अवस्थालाई विश्व स्वास्थ्य संगठन र नेपाल सरकार दुवैले महामारी भनि घोषणा गरी सकेका छन् । यस्तो अवस्थामा यदि जारी भएका पोलिसीहरुमा “महामारीजन्य” कारणले मृत्यु वा बिमारी भएमा दावी नलाग्ने भनि शर्त रहेछ भने दावी भुक्तानी गर्न नपर्ने भनि बीमा कम्पनीहरुले निर्णय लिन सक्ने अवस्था रहेको देखिन्छ ।

……………………0-0-0…………………….

महत्वपूर्ण कुरा के रहेको छ भने कोरोना भाइरसको अवस्थालाई विश्व स्वास्थ्य संगठन र नेपाल सरकार दुवैले महामारी भनि घोषणा गरी सकेका छन् । यस्तो अवस्थामा यदि जारी भएका पोलिसीहरुमा “महामारीजन्य” कारणले मृत्यु वा बिमारी भएमा दावी नलाग्ने भनि शर्त रहेछ भने दावी भुक्तानी गर्न नपर्ने भनि बीमा कम्पनीहरुले निर्णय लिन सक्ने अवस्था रहेको देखिन्छ । त्यस्तो भएको खण्डमा पनि निराशाको विषय रहँदैन किनकी कोरोना संक्रमितको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भनि घोषणा गरेकै छ ।

अर्को कुरा, मेडिकल इन्स्योरेन्सका पोलिसीहरुमा सामान्यतयाः बीमितले व्यहोर्नु परेको वास्तविक औषधोपचार खर्च बीमकबाट भुक्तानी हुने शर्त रहेको हुन्छ । यसकारण, सरकारले निःशुल्क उपचार गरेको अवस्थामा बीमकले दावी भुक्तानी गर्नपर्ने हो वा होइन, यो प्रश्नको हकमा पनि सम्बन्धित निकायहरु समय मै प्रष्ट हुनुपर्ने जरुरी देखिन्छ ।

कतिपय मुलुकहरुमा कोरोना भाइरस जस्ता महामारी रोगको सुरक्षण प्रदान हुने भनि पोलिसीहरु जारी भएका देखिन्छन् । नेपालमा त्यस्तो पोलिसीहरु प्रचालनमा नभएपनि हाल भएका पोलिसीहरुमा प्रष्ट रुपमा यस्तो रोगको सुरक्षण प्रदान नगर्ने नभनेको अवस्थामा कोरोना भाइरस जस्ता महामारीको हकमा बीमा सुरक्षण रहेको छ भन्ने बुझिन्छ ।

जहाँसम्म जीवन बीमाको सवाल छ हाल नेपालमा जारी भएका अधिकांश पोलिसीहरुमा कोरोना भाइरस जस्तो महामारीको कारण बीमितको मृत्यु भएमा बीमा बापतको क्षतिपूर्ति रकम भुक्तानी नगर्ने भनि शर्त रहेको देखिंदैन । यस अवस्थामा समेत बीमा पोलिसीको शर्त र प्रचलित सिद्धान्तहरु लागू हुन्छन् र बीमितको कोरोना भाइरसकै वा अन्य कारण मृत्यु भएमा बीमकको दायित्व उत्पन्न हुने नै देखिन्छ ।

अन्त्यमा कोरोना भाइरस जस्ता महामारीजन्य रोगको सुरक्षण हुने गरी छुट्टै पोलिसीहरुको तत्कालै आवश्यकता छ छैन वा प्रचलनमा भएका मेडिकल पोलिसीहरु नै पर्याप्त छन् भन्ने विषयमा सरोकारवाला सबैको ध्यान जानु आवश्यक छ । समग्रमा भन्नुपर्दा कोरोना भाइरसकै कारण नेपाली बीमा पोलिसीमाथि चर्को विवाद हुने, दावी भुक्तानीका लागि धेरै ठूलो कानुनी जटिलताको विषय बन्ने देखिदैन । जीवन बीमा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने स्पष्टता र निर्जिवन बीमा कम्पनीले मुख्य गरी मेडिकल इन्स्योरेन्सको विषयमा विवाद उठ्न सक्ने भएपनि महामारी घोषणा भइसकेको र सरकारले स्व्यम् अघि सरेर उपचार गरिरहेको सन्दर्भमा त्यति ठूलो विषयबस्तु बन्ने सम्भावना छैन । यद्यपि यस विषयमा भविष्यमा आइपर्ने सक्ने जोखिमतर्फ भने सबै पक्ष सचेत हुन जरुरी छ ।

(भट्ट बीमा समितिका उपनिर्देशक (कानून) हुन् । यो लेखले बीमा समितिको प्रतिनिधित्व गर्दैन । लेखकको व्यक्तिगत विचार हो ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS