IME Life
Beema Board

राष्ट्र संघद्वारा कोरोनालाई विश्वव्यापी महामारीको घोषणा, नेपालको बीमा क्षेत्रमा कस्तो पर्ला असर ?

SPIL
NIC ASIA

काठमाडौं । संयुक्त राष्ट्र संघीय निकाय विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको घोषणा गरेको छ । मार्च ११ तारिखका दिन डब्लुएचओले कोभिड–१९ लाई विश्वव्यापी महामारीको घोषणा गर्दै विश्वभरका मुलुहरुलाई यसका विरुद्धमा मैदानमा उत्रन आह्वान गरेको छ ।

चीनको बुहानबाट फैलिएको कोरोना छोटो अवधीमा नै विश्वका १२० भन्दा बढी देशमा फैलिएर संक्रमितको संख्या १ लाख १८ हजार पुगेपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले यसलाई विश्वव्यापी महामारीको घोषणा गर्दै विश्वका सबै राष्ट्र एकजुट हुनुपर्ने बताएका छन् ।

Prabhu
Crest

रोग नदेखिएका विश्वका अन्य देश तथा शहरहरुमा समेत कोरोना फैलिने चेतावनी दिँदै डब्लुएचओले विश्वका सबै देशलाई गम्भिरताका साथ लिएर नियमनका उपायहरु अवलम्वन गर्न आह्वान गरेको छ । डब्लुएचओले कोरोना भाइरसलाई हलुका हिसाबले नलिन तथा कुनै लापरवाही नगर्न चेतावनी दिएको छ ।

उता, कोरोना भाइरसलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै बीमा क्षेत्रमा कस्तो असर पर्ला ? बहस सुरु भएको छ । कोरोना भाइरसको कारण पुगेको क्षतिमा बीमा कम्पनीहरुले दावी भुक्तानी कसरी सेटलमेन्ट गर्ने भन्नेमा अन्तराष्ट्रिय स्तरमै बहस सुरु भएको छ ।

नेपालमा पनि अब के हुन्छ ? भन्ने प्रश्नमा कसैसँग ठोस उत्तर छैन । बीमा बिज्ञ तथा कम्पनीहरु विश्लेषण गरिहाल्ने भन्दा पनि पर्ख र हेरको अवस्थामा देखिन्छन् । त्यसो त नेपालमा मात्रै नभई विश्वभरकै बीमा कम्पनीहरु कोरोना भाइरसको सम्बन्धमा पर्ख र हेरको अवस्थामा देखिन्छ । तत्कालै कोरोना भाइरस नियन्त्रणमा आएको अवस्थामा बीमा कम्पनीहरुले दावी भुक्तानी गर्न सम्भव रहेको र गर्ने सोचाईमा छन् भने यसले विशाल स्वरुप ग्रहण गरेको अवस्थामा धान्न नसकिने हुँदा अहिले नै केही बताइरहेका छैनन् ।

नेपालमा ठूला उद्योग तथा परियोजनाको बीमा नगरिएको सन्दर्भमा ठूलो असर नपर्ने सम्भावना छ । जीवन बीमाको हकमा मृत्यु दावी भुक्तानी अनिवार्य शर्तभित्र पर्ने हुँदा भुक्तानी गर्न बाध्य हुन्छन् भने निर्जिवन बीमा अन्तर्गतको स्वास्थ्य उपचार खर्च विषयमा बीमा कम्पनीका दायरामा आउने देखिन्छ । ठूलो मात्रामा स्वास्थ्व बीमा सरकारले नै सञ्चालन गरेको स्वास्थ्य बीमा बोर्डमार्फत भएकोले सरकारकै दायित्व भित्र पर्दछ भने थोरै मात्रै स्वास्थ्य बीमामा कोरोनाको प्रभाव पर्ने देखिन्छ ।

नेपालमा कोरोनाले महामारीको रुप लिएमा बीमा कम्पनीहरुमा ठूलो असर नपर्ने बीमा विज्ञ रविन्द्र घिमिरे बताउछन् । बिज्ञ घिमिरे ठूलो आम विनाशकारी भूकम्प तथा विश्वव्यापी महामारीमा जनताको जीउ धनको रक्षा गर्ने काम राज्यको जिम्मेवारीमा हुने बताउँछन् । यद्यपि बीमा कम्पनीहरुको काम नै जोखिम बहन गर्ने भएकोले पुनर्बीमा कम्पनी र बीमा कम्पनीबीचको सहमतिमा धेरै कुरा निर्भर हुने विज्ञ घिमिरेको भनाई छ ।

नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक बिक्रान्त पाण्डे भने फरक धारणा राख्दछन् । पाण्डेले भने, ‘विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरिसकेको छ, केही चुनौति बढेको कुरा सत्य हो । बीमा दुःखको साथी हो । हाल भइरहेको, जारी भइसकेको बीमा लेखको भुक्तानी गर्नैपर्छ । अब आउने स्वास्थ्य बीमाको हकमा नयाँ जोखिम हुनसक्छ । त्यो जोखिमलाई कसरी हेर्ने भन्नेमा गहन छलफल र अन्तरक्रिया हुन्छ ।’ बीमा क्षेत्रमा कस्तो असर पार्छ भन्ने अहिले नै यसै भन्न मिल्ने अवस्था नरहेको पाण्डेको भनाई छ । पाण्डेकै भाषामा ‘महामारी घोषणा भएपनि ठूलो क्षति भइसकेको छैन, चीनमा घट्दै गइसकेको छ । जहाँ उत्पन्न भएको थियो, त्यहाँ नियन्त्रणमा आइसकेको छ । आशा गरौं यो रोग चाँडै विश्वभर नियन्त्रणमा आएर सबै ठीक हुनेछ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS