IME Life
Beema Board

सफ्टवयरमार्फत बीमा कम्पनीसँग प्रत्यक्ष रुपमा जोडिदै बीमा समिति, दायाँबायाँ गरे ठाउँको ठाउँ कारवाही

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमन व्यवस्थापन सूचना प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाएको छ । अनलाईनमा आधारित सो प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीहरुले अनलाईनबाटै विवरणहरु समिति समक्ष पुर्याउनेछन् भने बीमा समितिले पनि गलत गर्ने कम्पनीमाथि गैरस्थलगत कारवाही गर्ने बाटो खुल्नेछ ।

Prabhu
Crest

बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीका अनुसार समितिले अनलाईनमा आधारित विवरण संकलन तथा नियमनका लागि आईआरएमआईएस सफ्वयरको लागि प्रस्ताव आह्वान भई छनौट चरणमा पुगिसकेको बताए । उपनिर्देशक अधिकारीले आगामी आर्थिक वर्षबाट नयाँ सिष्टम सञ्चालनमा आउने बताए ।

बीमा अनुगमन व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आएपछि सबै बीमा कम्पनीहरु सोही सफ्वयरको माध्यमबाट बीमा समितिसँग प्रत्यक्ष जोडिनेछन् । साथै उनीहरुको सुक्ष्म नियमन समेत सम्भव हुनेछ । बीमा समितिले नीतिगत, कानुनी संरचना परिवर्तन भएमा सोही बमोजिम नियमन गर्न मिल्ने अत्याधुनिक सफ्टवयर जडान गर्न लागेको छ । नयाँ सफ्टवयर जडान पश्चात बीमा कम्पनीहरुले अलिकति पनि सिष्टमभन्दा दायाँबायाँ गर्न पाउने छैनन् ।

हरेक बीमा कम्पनीहरुलाई एक एक वटा युजर आईडी दिएको हुन्छ । सोही आईडीमार्फत बीमा कम्पनीहरुले वित्तीय विवरण सफ्टवयरमा प्रविष्ट गर्नुपर्ने हुन्छ । सोही आधारमा बीमा कम्पनीहरुको बीमा समितिले प्रत्यक्ष निगरानी गर्नेछ भने बीमा समितिको मापदण्ड अनुरुप कम्पनीहरुले वित्तीय विवरण तयार पार्न बाध्य हुनेछन् । कम्पनीहरुलाई दिएको आईडीबाट आफ्नो–आफ्नो विवरण हेर्न पाउनेछन् भने बीमा समितिले सबै कम्पनीहरुको विवरण हेरेर सोही बमोजिम योजना बनाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS