IME Life

महालक्ष्मी लाइफले दियो एजेन्सी मेनेजरहरुलाई पुनर्ताजगी तालिम

SPIL
NIC ASIA

इलाम । पूर्वी नेपालको पर्यटकीय नगरी इलामको श्रीअन्तुमा महालक्ष्मी लाईफले आफ्ना एजेन्सी मेनेजरहरुलाई पुनर्ताजगी तालिम दिएको छ । झापा र इलामलगायतका ३० जनाभन्दा बढि एजेन्सी मेनेजरहरुको सहभागितामा पुनर्ताजगी तालिम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

तालिममा कम्पनीले बजारमा ल्याएका नयाँ योजना र पुराना योजनाहरुले बीमितलाई पारेको प्रभावका बिषयमा छलफल समेत गरिएको कम्पनीले जनाएको छ । नेपालकै कान्छो र नयाँ कम्पनीका रुपमा परिचित महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम समयमा बजारमा राम्रो व्यापार गर्न सफल भएको छ ।

Prabhu
Crest

तालिममा उप–मुख्य कार्यकारी अधिकारी रामेश्वर श्रेष्ठ, ब्यापार शाखाका प्रमुख प्रशान्त धमला र प्रदेश नम्वर एकका प्रमुख पवन नेपालले सहजीकरण गरेका छन् । तालिमपछि एजेन्सीहरु थप दक्ष बन्न सफल भएको कम्पनीले जनाएको छ ।

सो अवसरमा पुस मसान्तसम्ममा सबैभन्दा वढि ब्यापार गर्न सफल एजेन्सी मेनेजर ज्ञानु कुँवरलाई उत्कृष्ठ एजेन्सी मेनेजरका रुपमा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा इलाम, झापाको बिर्तामोड, दमक, चन्द्र्रगढी शाखामा रहेर काम गर्ने उत्केष्ठ एजेन्सी मेनेजरहरुलाई समेत महालक्ष्मी लाइफ अंकित मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन समेत पर्यटकिय नगरी श्रीअन्तुमा कार्यक्रम गरिएको कम्पनीका मेची अञ्चल प्रमुख गुञ्जन थापाले बताए । इलामको सूर्योदय नगरपालिका संघीय सरकारले घुम्नै पर्ने १ सय गन्तब्यमा अटाएको छ । सोहि अवसरका सो स्थानमा कार्यक्रम गरिएको प्रमुख थापाको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS