काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको बीमा शुल्क रकम अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । कम्पनीले श्रीपञ्चमीको शुभ अवसरमा ग्राहकलाई सरल र सहज भुक्तानीको लागि अनलाइन पेमेन्ट गेटवे खुल्ला गरेको जनाएको छ ।
अनलाइन भुक्तानीको लागि गेटवे खुल्ला गरेसँगै बीमितहरुले आइएमई पे, ई–सेवा र खल्तीलगायतका विद्युतीय भुक्तानीको माध्यमबाट बीमा शुल्क सजिलै भुक्तानी गर्न सहज हुने भएको छ । यो सुविधावाट ग्राहक वर्ग लाभान्वित हुने र जोखिम हस्तान्तरण सहज हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।