काठमाडौं । हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विपेषण भुक्तानी रकम राफसाफ गर्ने सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो. अविद हमिदले क्वालालम्पुर मलेसियामा हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात् दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।