काठमाडौं । झापाको विर्तामोडमा नक्कली नोट सहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा विर्तामोड नगरपालिका, ५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका,४ का २५ वर्षीय किरण खवास रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका, ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो । यसै विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।