काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको नुवाकोट शाखाको आयोजनामा तीन दिने अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले पुस १० देखि १२ गते सम्म तीन दिने अभिकर्ता तालिम सञ्चालन गरेको हो ।
बिदुर नगरपालिकाको बट्टारमा आयोजना गरिएको तालिममा जीवन बीमा अभिकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
संस्थानका नुवाकोट शाखाका प्रमुख राजकुमार भँडेलको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडाराज अधिकारी र बिनोद कुमार भट्टले प्रशिक्षण दिएका थिए ।