सुर्खेत । युुनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको शाखा कार्यालय सुर्खेतले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालयले सवारी दुर्घटनामा परी मृत्यु भएका व्यक्तीका आफन्तलाई ‘बीमा रकम’ हस्तान्तरण गरेको जनाएको छ ।
गत जेठ १४ गते बाँकेको कुशुममा दुर्घटना भएको बा १५ च ४६–६८ नम्बरको जीपको क्षतिसहित मृतक र घाइतेको उपचार खर्च बापत बीमा रकम हस्तान्तरण गरिएको हो ।
कम्पनीका सुर्खेत शाखाका प्रमुख धीरेन्द्रबहादुर शाहीले सवारी मालिक सुर्खेत वीरेन्द्रनगर–८ लाटिकोइलीका सिताराम कार्कीलाई २७ लाख बराबरको ‘बीमा रकमको’ चेक हस्तान्तरण गरेका हुन् ।
दुर्घटना भएको गाडीको क्षति बापत १९ लाख, मृत्यु बापत ५ लाख र घाइतेको औषधि उपचार बापत ३ लाख रुपैयाँ गरी जम्मा २७ लाखको ‘दुर्घटना बीमा’ हस्तान्तरण गरिएको जनाउको छ ।