काठमाडों । अजोड इन्स्योरेन्सले पुस ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको हो । उक्त सभा काठमाडौँको लैनचौर ब्यांक्वेटमा दिउसो ४ बजे गर्ने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले सर्वसाधारण शेयर निष्काशन गर्ने, संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व २०७५/ ७६ को दोस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लोखा परिक्षकको प्रतिवेदन सहित २०७५ /७६ को वासलात, हिसाव, नाफा, नोक्सान आय, व्यय हिसा तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत वित्तीय विवरणमा छलफल गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने लगायतका प्रस्तावहरु रहेका छन् ।